बैशाख २३ गते : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन तयार भएको छ । र यसको वातावरण बनाउन नेताहरू तिब्र रुपमा सक्रिय भएका छन् ।
स्रोतका अनुसार कांग्रेसले माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपासंग पनि नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको छ । नयाँ सरकारमा गृहमन्त्री जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बनाउने प्रस्ताव गरिएको छ ।
आफू प्रधानमन्त्री बन्ने परिस्थिति बनाउन देउवाले पार्टी नेताहरूलाई खटाएका छन् । खटिएका नेताहरुले यस्तो जानकारी दिएका हुन् ।
संसद्मा कांग्रेस नभई सरकार नबन्ने परिस्थिति बनेकाले गठबन्धनबाट नयाँ सरकार बनाउन लागिएको हो । देउवाले पार्टीको शीर्ष नेताहरूसंग पनि छलफल गरिरहेका छन् । देउवा माओवादी केन्द्र, माधव नेपाल समूह र जसपासँग निरन्तर छलफलमा छन् ।

