नेपाली कांग्रेसका सांसद तथा पुर्व मन्त्री गगन थापाले कोभिड-१९ कोरोना भाइरस विरुद्धको खोपमा प्रधानमन्त्री केपी शर्मा ओली नै संलग्न भएको आरोप लगाएका छन् । नेता थापाले आज ट्वीटर मार्फत ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।
खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ,जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै प्रधानमन्त्री ओलीलाई थाहा थियो तर रोकेनन् अथार्त आफै त्यो कार्यमा संलग्न भएको नेता थापाको तर्क रहेको छ । तथापी ,यस्तो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व संसदले गर्नुपर्नेमा नेता थापाले जोड दिएका छन् ।
उनले लेखेका छन् ‘खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र सवै प्रधानमन्त्री ओलीलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो। जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ ।

