नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्न लागेको छ। स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार ५ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।
नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन्।
संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घन्टामात्रै बाँकी रहेका संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

