कोरोना भाईरस्को महासंकटले बिश्व नै अहिले आक्रान्त बनेको छ। रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण नेपाली जनताहरुमा त्रास फैलिएको छ ।
यसको समाधानको निम्ती नेपाल कम्यूनिस्ट पार्टी (माओबादी केन्द्र ) जिल्ला समिती गोर्खाको कार्यालयको बिस्तारित भर्चुअल बैठक जिल्ला समितिका अध्यक्ष क लेख बहादुर थापा मगर (जिवन्त )को अध्यक्षतामा एबम् पार्टी केन्द्रिय सदस्य क हरीराज अधिकारी (कुमार), को प्रमुख आथित्यमा पार्टी केन्द्रिय सदस्य क तथा जिल्ला इन्चार्ज क कृष्ण धिताल (बिजय), पार्टी केन्द्रिय सदस्य क चुडामणी खड्का (प्रकाश), केन्द्रिय सदस्य एबम् जिल्ला सह इन्चार्ज कम्रेडहरु क. अंमर तमु, (रमन ) क. प्रशुराम रम्तेल (प्रमोद) क. शुसिला सिंखडा (दुर्गा) लगायत प्रदेश सदस्यहरुको बिशेष उपस्थितिमा चालफल भयो ।
बैठकको शुरुमा महान जनयूद्द लगायत परिवर्तनको लागि सन्चालित बिभिन्न जनक्रान्तिको क्रममा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदहरु प्रती भाबपूर्ण हार्दिक श्रद्वन्जली अर्पण गर्नुको साथै बेपत्ता योद्वाहरु प्रती गहिरो स्मरण गर्दै कोरोना भाईरसबाट मृत्यु हुने मृतकहरु प्रती हार्दिक श्रद्वन्जली अर्पण गर्दै कोरोना भाईरसबाट बिरामी पारी अस्पातल र होम आइसोलेसनमा बस्नु हुने बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पुर्ण देश बासी तथा गोर्खाली जनता प्रती शान्वना ब्यक्त गर्नु भएको छ ।
यती खेर देश कोरोना भाईरस (COVID -19) आक्रान्त भाईरहेको अवस्थामा जिल्लाको सबै गाउहरुमा कोरोनाको प्रकोप फैलिरहेको अवस्थामा हाम्रो गौरबशाली पार्टी माओबादी केन्द्र गम्भिर भएर यसको बिरुद्दमा लाग्ने र जनतालाई तत्काल भाईपरी आउने सम्स्यामा हामी जिम्मेवर पूर्वक लाग्नेछौ ।
कोरोना भाईरसबाट सुरक्षित रहन अपनाउन पर्ने स्वास्थ्य मापदण्ड खानपनमा पनि बिशेष ध्यान दिनुपर्ने छ ।
कोरोना संक्रमित भएका नागरिकहरुलाई नियम पूर्वक एकान्त बासस्थान तथा स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने । र शव ब्यवस्थापना धार्मिक मनोबिज्ञान समेतलाई ध्यानमा रखी शव ब्यवस्थापनमा खटिनु भएका सुरक्षाकर्मीलाई उचित सेवा सुबिधा उपलब्ध गराउन सरकार सँग बिशेष पहल गर्ने ।
कोरोना प्रभावितलाई P.C.R. रिर्पोट आउन ढिलाई भएको छ । यसलाई द्रुत गतिमा बढाई रिर्पोट दिन र प्रत्येक वाडका स्वास्थ्य चौकीमा ANTTIGEN परिक्षण गर्न, अक्सिजनको व्यवस्था गर्न र एक टोल एक Oxy meter को व्यवस्था गर्न सरकारलाई अनुरोध गर्दछौ । कोरोना प्रभावित गाँउहरुमा राहतको व्यवस्था गर्न सवैमा अनुरोध छ । कोरोना विरामीको उपचारमा युद्धरत अहोरात्र खटिनु भएका सबै तहका स्वास्थ्यकमीहरुलाई हौसला स्वरुप थप सेवा सुविधा प्रदान गर्न नेपाल सरकारमा अनुरोध गर्दछौ ।
जिल्ला सदरमुकाम स्थित अस्पतालमा आइसोलेसन अभाव भै बाहिर उपचार गर्नुपर्ने स्थितिलाई ध्यान दिदै यस अगाडी नै प्रेसित पार्टी कार्यालयलाई आइसोलेसन बनाई विरामीको उपचार गर्न सम्बन्धित पक्षलाई पुनः जानकारी गराइन्छ । जिल्ला स्थित DCCMC लाई सहयोग गर्न जिल्लामा राजनितीक पार्टीहरु सम्मीलित एक समन्वय सहयोग समिति तथा सबै नगर र गाउँपालिकाहरुमा समेत तत् अनुुसार पालिका स्तरीय कोभिड नियन्त्रण सहयोग सकिति निर्माण गर्न पुनः जोडदार माग गर्दर्छौ ।


