काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेका छन् । सामाजिक सन्जालमा ट्वीट गर्दैै उनले भनेका छन्–‘डाक्टर र नर्समाथि कुटपिटजस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ ।’
‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।–ट्वीटमा उल्लेख गरिएको छ । बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४,५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।
उनीहरूको स्वास्थ्यकर्मीबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ । घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई कोरोना देखिएको थियो । मृत्युलगत्तै आक्रोशित भएका उनीहरुले आईसियूमै कुटपिट तथा तोडफोड गरेका थिए ।

