जेठ १४ | गोरखाको बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत बारपाक १ र २ मा कोरोना भाइरस तिव्र रुपमा फैलिदा १२ जनाको दुखद निधन भएको छ । धेरै स्थानियमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्ष्यण देखा परेको छ । तर स्थानिय भने कोरोना चेकजाच गर्न भनिरहेका छैनन् भन्ने जानकारी स्रोत व्यक्तिले दिएका छन् ।
यस विषयलाई ध्यानमा राखी गोरखाको शिर्ष नेताहरु डा. बाबुराम भट्टराइ, नारानकाजी श्रेष्ठ, चुडामणी खड्का र उक्त गाउँपालिका अध्यक्ष विष्णु भट्टको Zoom मा भर्चुअल मिटिङ्ग बसी कोरोना भाइरसको भयावह स्थितिलाई पूर्ण रुपमा रोक्न सबै प्रकारको आवश्यक कदम चाल्ने र लक्ष्यण देखापरेका सबैलाई एन्टिजेन गर्ने । जिल्लाका सम्बन्धित निकायहरुलाई कोरोना भाइरस रोकथामका लागि आवन गर्ने ।
तत्काल यो समस्यालाई रोक्न बुद्धिजीबि प्रदेश संघ सस्था राजनितिकर्मि र स्थानिय तहका जनप्रतिनिधि गरी आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने र तत्काल आजै अध्यक्ष विष्णु भट्टसँग स्थान बारपाक जादै छ । चुडामणी खड्का ज्यूले हामीलाई जानकारी दिनु भयो ।
उक्त स्थानमा आवश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मिहरु स्थानिय तहमा पर्ने इकुमेन्टहरु उपलब्ध गराउने निर्णय समेत भएको छ ।

