गोरखा । बारपाक सुलिकोट २ अलगम निवासी २४ वर्षीय केसुधा घले किट्नी को समस्याले सिकिस्त अवस्थामा रहेको खबर गाउँपालिका अध्यक्ष विष्णु भट्ट लागि प्राप्त भए पछि बिरामी को अवस्थालाई मध्ये नजर गर्दै बिरामीलाई आकस्मिक उपचारको आवश्यकता परेको भन्दै स्थानियले जानकारी गराए पछि ।

अध्यक्ष भट्टले तक्काल हस्पिटल पुरयाउन पर्ने भएपछि हेलिकप्टर खोजी गरी बिरामी को उद्दार गरे । अरू माध्यम बाट गर्दा बिरामी बचाउन गारो थियो एम्वुलेन्स बाट पठाउँदा बिरामी बचाउन गारो हुने भएकोले मनाङ एरवेजको हेलिकप्टर मार्फत काठमाडौ स्थित मेडिसिटी अस्पताल पठाइएको छ अहिले उहाँ बिरामीको उपाचर भही रहेको गाउँ पालीका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयको छ ।

जनताको जिउज्यानको सुरक्षा गर्नु मेरो दायीत्वा पनि हो । मेरो गाउँपालिका अन्तर्गतको जुनसुकै समस्यामा पनि जनता सँग हुन्छु ।


