गोरखाको बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत बारपाकमा कोरोना भाइरस तिव्र रुपमा फैलिदै गएको र त्यहाको अवस्था भयावह बन्दै गरेको देखिन्छ । धेरै स्थानियमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्ष्यण देखा परेको छ । तर त्यहाको प्रदेश सरकार के हेरिरहेको छ ?, जिल्लाका सिडियो के हेरिरहेका छन् ?, स्वास्थ्यकर्मीहरु के हेरिरहेका छन् ?, भन्ने प्रश्नसमेत सम्बन्धित निकायलाई छ । कोरोनाका कारण अवस्था भयावह बन्दै गयो तर सम्बन्धित निकायहरुलाई कुनै चासो नै छैन भन्दै सार्वसाधरणको गुनासो रहेको छ ।
यस विषयलाई ध्यानमा राखी गोरखाको शिर्ष नेताहरु डा. बाबुराम भट्टराइ, नारानकाजी श्रेष्ठ, चुडामणी खड्का, उक्त गाउँपालिका अध्यक्ष विष्णु भट्ट र डा. जित बहादुर घलेको Zoom मा भर्चुअल मिटिङ्ग बसी कोरोना भाइरसको भयावह स्थितिलाई पूर्ण रुपमा रोक्न सबै प्रकारको आवश्यक कदम चाल्ने र लक्ष्यण देखापरेका सबैलाई एन्टिजेन गर्ने र जिल्लाका सम्बन्धित निकायहरुलाई कोरोना भाइरस रोकथामका लागि आवन गर्ने निर्णय गरियो ।
उक्त स्थानलाई मध्यनजर गर्दै नारणकाजी श्रेष्टले करिव ७० वटा किट लिएर परिक्षण जर्दा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसपछि दास्रो चरणमा गाउँपालिकाको नेतृत्वमा परिक्षण गरियो र तेस्रो चरणमा प्रदेश सरकार र जिला स्वास्थ्य कार्यालयको सहकार्यमा उपलब्ध स्वास्थ्या सामग्री वितरणमा गाउँपालिका र स्वयमसेविका को पहलमा उक्त कार्य सम्पन्न भयो । ७५० जनामा कोरोना परिक्षण गर्दा ७० जनामा पोजेटिभ देखिएको जानकारि स्रोतले जनाएको छ ।
बारपाकका स्वास्थ्यकर्मीहरु संग के के आवश्यक छ, उक्त सामग्रीहरु स्वयमसेकको पहलमा ४५००० मास्क, १५० लिटर सेनिटाइजर ५ वटा ग्यास सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उक्त कार्यका लागि जापान, कोरिया, हङकङ वाट सहयोग आएको छ । झण्डै ३५ लाख जतिको सामार हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ । फेरि अर्को चरणमा सामान अपुग भएको कारणले उक्त सामान गाउँपालिका अध्यक्ष र वडाका अध्यक्षहरु सँग कुरा गरी ४० थानको दरले सर्जिकल ग्लोप, सर्जिकल मास्क, पिपिइ सेट, अक्सिमिटर, सेनिटाइजर यो सामग्री युनाइटेड भिवेन्स नेपालको सहयोगमा सुलिकोट गाउँपालिका १ र २ का वडा अध्यक्ष र स्वास्थ्य चौकी इन्चार्जलाई हस्तान्तरण गरिनेछ ।

