यती बेला विश्वमा फैलिएको कोरोना महामारी नेपालमा पनि भयाभह रुपमा फैलिरहेको अवस्थामा आम नागरिकको जनजिवन अस्तव्यस्त बनेको छ । यो संकटको घडिमा जनता रोगसँगै भोकले पनि छट्पटाउने अवस्था आएको छ । यो विषम परिस्थीतीको सामना सबै जाती, पार्टी, धर्म, एकिकृत भएर गर्नु नै यतिबेलाको अपरिहार्य आवश्यकता हो ।

बिहान काम गरेर वेलुकीको छाक टार्ने श्रमजिवी वर्गको जीवन त झनै कहालीलाग्दो बनेको छ । यहीँ क्रममा हामीले एउटा कार्यको थालनी गरेको छौं । ‘अभाबमा बाँचीरहेकालाई सक्दो सहयोग अभियान’ मा तपाई हाम्रो सानो सहयोगले कसैको भोक मेटिन्छ, जीवन बाँच्छ भने आउनुहोस् मिलेर सक्दो सहयोग गरौ ।

यसै क्रममा दुस्खी पिडितहरुको साथ दिने हातहरु अगाडि बढिरहेका छन् । यहि महामारीले गर्दा मृगौलाका बिरामी तुल बहादुर गुरुङ निधन भएको छ, उहाँप्रति भावपुर्ण श्रदाञ्जली व्यक्त गर्दछौ । स्व. तुल बहादुर गुरुङको सम्झनामा उहाकी धर्मपत्नि समाजसेवी देबी थापाले रोगसंग अनि भोकसंग लडिराखेका, अभाबमा बाँचीराखेकाहरुका लागी आफ्नै सहभागी भएर सहयोगमा खटिरहनुभएको छ ।

गुनासो चौतारी मिडिया र गजब छ मिडियाले संयुक्त रुपमा सुरु गरेको यो पुण्यको काममा उहाँले करिब ४० परिवारलाई हाम्रो अभियान मार्फत सहयोग हस्तान्तरण गर्नुभएको छ । यो पुन्यको काममा हजुरहरुको मनकारी व्यक्तित्वको हामीलाई धेरै नै साथ र सहयोगको जरुरी छ । यो हामी सबैको अभियान हो, हामी त एउटा माध्याम मात्र हो । यो अभियानमा हजुरहरुको साथ, सहयोगको आशा सहित हार्दिक अनुरोध गर्दछौं ।

