सबैलाई पठाउनु होला

पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ६४९१ जना संक्रमणमुक्त भएका छन् । ११४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ हजार ४८० जनामा परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com