यती बेला विश्वमा फैलिएको कोरोना महामारी नेपालमा पनि भयाभह रुपमा फैलिरहेको अवस्थामा आम नागरिकको जनजिवन अस्तव्यस्त बनेको छ । यो संकटको घडिमा जनता रोगसँगै भोकले पनि छट्पटाउने अवस्था आएको छ । यो विषम परिस्थीतीको सामना सबै जाती, पार्टी, धर्म, एकिकृत भएर गर्नु नै यतिबेलाको अपरिहार्य आवश्यकता हो । उज्यालो टिभी एचडीको टिमले खाना खुवाएको ठाउँमा अभावमा बाचेकालाई सक्दो सहयोग अभियान बाट केहि सहयोग हस्तान्तरण गरेको छ ।
बिहान काम गरेर वेलुकीको छाक टार्ने श्रमजिवी वर्गको जीवन त झनै कहालीलाग्दो बनेको छ । यहीँ क्रममा हामीले एउटा कार्यको थालनी गरेको छौं । ‘अभाबमा बाँचीरहेकालाई सक्दो सहयोग अभियान’ मा तपाई हाम्रो सानो सहयोगले कसैको भोक मेटिन्छ, जीवन बाँच्छ भने आउनुहोस् मिलेर सक्दो सहयोग गरौ ।
विश्व महामारी कोरोना भाइरसको दोस्रो चरण चलिरहदा नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव परेसँगै सहरदेखी गाउसम्म भयावह अवस्था सिर्जना भएको छ । देनिक ज्याला मजदुर र बेरोजगारीहरुको छाक नै खोसिदा भोकभोकै बस्नपरेपछि केही सामाजिक अभियानताहरुले भोको पेट भर्नकालागि निःशूल्क खाना प्रदान गर्दै आएका छन् । यसै क्रममा काठमाडौंका विभिन्न ठाउँहरुमा भोको पेट खालि नहोस भन्दै विभिन्न सामाजिक अभियान्ताहरुले खाना खुवाउने कार्यक्रम संचालन गरिराखेका छन् ।
गुनासो चौतारी र गजब छ मिडियाको सहकार्यमा आभावमा रहेकाहरुलाई राहत वितरण अभियान संचालन गरेको छ र हाम्रो अभियानको लागि सुरुवाती दिनदेखि देबि थापा गुरुङ्ग ठूलो सहयोग गरिरहनुभएको छ । यहि महामारीले गर्दा मृगौलाका बिरामी तुल बहादुर गुरुङ निधन भएको छ, उहाँप्रति भावपुर्ण श्रदाञ्जली व्यक्त गर्दछौ । स्व. तुल बहादुर गुरुङको सम्झनामा उहाकी धर्मपत्नि समाजसेवी देबी थापा गुरुङ्गले रोगसंग अनि भोकसंग लडिराखेका, अभाबमा बाँचीराखेकाहरुका लागी आफ्नै सहभागी भएर सहयोगमा खटिरहनुभएको छ ।







