सबैलाई पठाउनु होला

जेष्ठ २८ : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिक रुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्न लागेकोले संसद् बचाउन आफू मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको समेत मनाङेले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

मनाङेको राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ । मनाङे मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा प्रदेशसभामा अनुपस्थित भएका थिए । नयाँ सरकार गठन गर्न या प्रदेश सभा विघटन गर्न मनाङेको मतलाई निर्णयक मानिदै आएको छ ।

मनाङे मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com