कालिकोट । लगातार केहीदिन देखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
“राजमार्ग अव’रुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन् उहाँले भन्नुभयो,“वर्षा नरो’किएका कारणले प’हि रो पन्छा’एपनि पुनः प’हि रो आउँदा राजमार्ग खुला’उन स’मस्या भएको छ ।

