कास्की — गण्डकी प्रदेशमा आगामी वर्षका लागि सरकारले मंगलबार बजेट सार्वजनिक गरेको छ । नवनियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आव २०७८/०७९ का लागि अहिले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ रहेको छ ।कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ ।
यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको नि:शुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

