सबैलाई पठाउनु होला

असार ४ गते शुक्रबार : नेपाली काँग्रेसका युवा नेता तथा जनताको मन मुटुमा बस्न सफल तथा आलोचना हरु सग जुध्दै अघी बढने साम्सद प्रकाशचन्द्र दवाडीले बाढी तथा पहिरो गएको ठाउमा उद्धार र राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले आज एक बिज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, लमजुङ, गोरखा, कास्की, मनाङ, मुस्ताङलगायतका जिल्लामा बाढी र पहिरो जाँदा ठूलो जनधनको क्षति भएको भन्दै उद्दार र राहतमा लाग्न केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ ।

बाढी, पहिरोमा परेकाको तत्काल उद्दार गरी राहतको व्यवस्था मिलाउन र यस दुःखद घडीमा उद्धार र राहतमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com