निरन्तर भारी बर्षाका कारण बूढीगण्डकीले क्षति बनाए पछी गास बास गुमाएका चुमनुब्री गाउपालिका सल्लेरीका बाढिपिडितलाई बर्षा याममा खुल्ला आकाशबाट र तत्काल घाम पानीबाट जोगाउन त्रिपाल लगायतका सामग्री प्रदान गरेका छन् । निरन्तर आपत बिपतको समएमा अग्रपंतीमा रहेर काम गर्दै आउनु भएका पराजुलीले लकडाउनमा काम गुमाएर भोकै भएकाहरुलाई पनि खाना खुवाउदै आउनु भएको छ । गोरखा आरुपोखरी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै समाजसेवा गरिरहनु भएका राजेन्द्र पराजुलीले बिहिबार बिहान सिम्रिक एयरको हेलिकोप्टरबाट सल्लेरिबासी लाई राहत सामग्री वितरण गरेका हुन् ।

‘बाढीले घर बगाएर स्थानिय जनताको बिचल्ली भएको खबरले पराजुलिको मन थामिएन र उनले तत्काल त्यहाको आबस्यक सामाग्री जुटाइ सल्लेरी जने निर्णय गरे । त्यहा सम्मा पुग्न पनि त्यती सरल थिएन । निरन्तर बर्षाको कारण राजामार्ग लागएत अन्य सडक पहिरोले अबरुद्द थियो । तर हिजो दिनभर मौसम प्रतिकुल भयो, उनले भने, ‘त्यसैले आज बिहानै गाउँमा पुगेर ४० थान त्रिपाल, तीनरोल म्याट्रेस, २८ बाकस चाउचाउ, दुईहजार थान मास्क वितरण गरेँ । अब कम्तिमा पनि झरीमा रुझेर रात काट्नु परेन ।

साथै पराजुलिले भन्नु भयो दु:खको समयमा संकट खेपिरहेका जनताहरु प्रती जुनसुकै परिस्थितीमा पनि मेरो सेवा समस्यामा बचिरहेकाहरुलाई हुने छ भने ।
अबिरल बर्षापछिको बूढीगण्डकीको बाढी सल्लेरी गाउँमा पस्दा स्थानीय सुन्दर गुरुङ, सूर्य गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको थियो । साथै उच्च जोखिममा रहेका गणेश गुरुङ, कमल गुरुङ, धनकुमारी गुरुङ, इन्द्रबहादुर गुरुङ, थर्पती गुरुङ पनि बिस्थापित भएका थिए ।
बाढीका कारण सल्लेरीमा रहेको नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्प पनि बिस्थापित भएको छ ।

