सबैलाई पठाउनु होला

असार १६ गते बुधवार : उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो।

बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो।

गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० जनाले ज्यान गुमाइसकेको छ। मृत्यु हुनेहरू प्राय: बिरामी वा वृद्ध-वृद्धा छन्।

उनीहरूको मृत्यु हुनुको प्रमुख कारण गर्मी नै भएको बताइएको छ।

त्यस्तै, संयुक्त राज्य अमेरिकाको उत्तर-पश्चिमी क्षेत्रमा पनि गर्मी अत्याधिक बढेको छ। त्यहाँ पनि मानिसहरूले ज्यान गुमाएका छन्।

क्यानडा र अमेरिकाको पश्चिमी भागमा अत्याधिक गर्मी उच्च-दबाब (प्रेसर) सहितको तातो हावाका कारण बढेको विज्ञहरूले बताएका छन्। क्यालिफोर्नियाबाट आर्टिक क्षेत्रहरूमा जाँदै गरेको तातो हावाका कारण गर्मी अत्याधिक बढेको हो।

गत आइतबार अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थिएन।

अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ताको अनुभव गर्नुपर्दा परिवारहरू तथा समुदायले विनाशकारी परिणाम भोग्न परेको ब्रिटिश कोलम्बिया प्रिमियर जोन होर्गनले बताए।

गर्मीकै कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भ्यानकुभरमा मात्रै गर्मीकै कारण शुक्रबारयता ६५ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com