सबैलाई पठाउनु होला

असार २३ गते बुधवार : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेपछि लागू हुनेगरी निगमले असार महिनामा दोस्रो पटक मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपयाँ बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। अब पेट्रोल प्रतिलिटर १२९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ भएको छ। यसअघि पेट्रोल १२७ र डिजेल र मट्टीतेल ११२ रुपैयाँ थियो।

यसअघि निगमले असार १० गते रातिबाट लागू हुनेगरी मूल्य बढाएको थियो।
त्यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। अन्तराष्ट्रिय इन्धन भने प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ पुर्याएको छ।

त्यसैगरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ। १४ सय रुपैयाँमा पाइने खाना पकाउने ग्यासलाई अब १४ सय २५ पर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com