असार २४ गते बिहीवार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ४ सय २७ जना संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा १ सय ८७, ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन्।
१० हजार ५ सय ४ जनाको परीक्षण गर्दा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन् र २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

