गुनासो चौतारी काठमाडौं । संसद बिगठन पछी केपी ओली गूड्मा गयर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नु भयका गौरीशंकर चौधरीले म्यानपावरमा छापा मार्नुअघि आफूलाई जानकारी गराउन पर्ने भन्दै वैदेशिक रोजगार विभागलाई ठाडो निर्देशन दिएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा थगिको बिगबिग्ती बढ्न थालेपछि विभागका महानिर्देशक दाहालले म्यानपावर कम्पनीमाथि धमाधम अनुगमन र छापा मार्दै गर्दा मन्त्री चौधरीले भने विभागलाई सघाउनुको साट्टो उल्टै आफूलाई सोधेर मात्र छापा मार्न ठाडो निर्दशन दिएका छन् ।

गैरकानुनी रुपले कतार प्रहरीमा पठाइदिने एसओएस म्यानपावरलाई समयअगावै (६ महिनाका लागि सम्पूर्ण कारोबार रोक्का भएको) कारबाही फुकुवा गरेर विवादित बनेका मन्त्री चौधरीले म्यानपावरको बचाउमा झन् कस्सिएर लागिपरेका छन् । अब कुनै म्यानपावरमाथि छापा मार्नुअघि मन्त्रालयसँग अनुमति नलिई म्यानपावरमा अनुगमनसमेत नगर्न उनले ठाडो निर्देशन दिएका छन् ।
व्यवसायीको प्रलोभनमा परेका मन्त्री चौधरीलाई मन्त्रालयमा भेट्ने म्यानपावर व्यवसायीहरुको घुँइचो लाग्ने गरेको देखिन्छ । मन्त्रीलाई देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै अनेक जालमा पारेर विभागलाई म्यानपावरमा अनुगमन र छापा मार्ने काम बन्द गर्न अनुरोध र व्यवसायीबाट मन्त्री चौधरी खुसीसमेत भएको बताइन्छ ।
मन्त्रालयको कमान्ड सम्हालेलगत्तै विदेश पठाउने नाममा ठगी गर्ने म्यानपावर कम्पनीहरुलाई आँखा चिम्लेर फुक्काफाल गर्दै आएका उनको चर्काे विरोधसमेत भइरहेको छ । तर मन्त्री चौधरीले एक कानले सुन्ने अर्काे कानले उडाउदै आएका छन् ।
तर, विभागले भने ऐनविपरीत पैसा उठाउने, विदेशमा अलपत्र पार्ने र अवैधानिक बाटोबाट कामदार पठाउने म्यानपावर कम्पनीमा पीडितको उजुरी र सूचनाका आधारमा विभागले तत्काल छापा हान्दै आएको छ । यसरी उपत्यभित्र मात्र नभएर उपत्यकाबाहिर समेत टोली खडा गरेर विभागले अनुगमन र छापाको काम भने निरन्तर गरिँरहँदा मन्त्री चौधरीले भने त्यसो नगर्न ठाडो निर्देशन दिएका छन् ।
तर, यस विषयमा सञ्चारकर्मीको प्रश्नमा श्रममन्त्री चौधरी भने आफूले विभागलाई कुनै दबाब नदिएको बताउने गरेका छन् । कानुनको कुरा गर्दै कानुनन्दा बाहिर गएर आफूले काम नगरेको उनको मिठास बोली छ ।

