सबैलाई पठाउनु होला

असार २६ गते शनिबार : राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु आज शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् ।

त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो । शुक्रबार भने राष्ट बैंकले सूचना निकालेको छैन ।
यद्यपि चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।त्रैमासको २५ गते पछाडि शनिबार परे पनि खोल्नु भनेर हामीले स्टाण्डिङ निर्देशन दिएका छौं, यसकारण हामीले आज निर्देशन नदिए पनि आवश्यकताका आधारमा बैंकले शाखा कार्यालयहरु खुला नै राख्नेछन्,’ प्रवक्ता ढकालले भने ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि शाखा कार्यालयहरुले चेक क्लियरेन्स समेतका केही सेवाका लागि शनिबार बैंक खुला हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com