सबैलाई पठाउनु होला

असार ३१ गते बिहीवार : अमेरिकामा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन्।अमेरिकाको मावा भन्ने शहरमा एक नेपालीले अर्का नेपालीलाई गोली हानेर हत्या गरेका हुन्।
अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका हुन्। गोली प्रहार गरेपछि घिमिरेले आफै प्रहरीलाई खबर गरेका थिए। घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन्। प्रहरीका अनुसार घिमिरेले कैयौँ पटक गोली प्रहार गरेका थिए।

छेवाङ्गको शव घटनास्थलमै फेला परेको थियो। घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको छ। घिमिरेलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या, गैरकानुनी रुपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी , अनुमतिबिना बन्दुक राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ।मावा प्रहरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डबारे थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com