साउन ३ गोर्खा । गोरखामा खोला तर्ने क्रममा एक युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा काठे पुलबाट खसेर चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाका ३० वर्षीय विजय गुरुङ बेपत्ता भएको उक्त स्थानमा खटिएका प्रहरीले जनाएको छ । ठाडो खोलामा रहेको पुलबाट खसेर गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ
घरबाट दिदीलाई ल्याउने क्रममा शुक्रबार राति अन्दाजी ११ बजे गुरुङ पुलबाट खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा शनिबार बिहानदेखि खटिएको प्रहर टोलीले खोजतलास जारी राखेको पनि अझ सम्म पत्ता नलगेको जानकारी आएको छ ।

