सबैलाई पठाउनु होला
 साउन ३ ,उदयपुर। जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका ७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती किशोरीलाई गत असार २९ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com