सबैलाई पठाउनु होला

साउन ७,पर्सा । वीरगन्जको इन्‍ र्वाबाट पर्सा प्रहरीले ५ किलो भन्दा बढी तौलको चाँदीका गहनासहित काराेवरि   नियन्त्रणमा लिएको छ ।

इन्‍ र्वा नाकाबाट पैदल नै नेपाल प्रवेश गरेका सप्तरीको राजविराज उपमहानगरपालिका वडा नं. २ मेघरा निवासी अंगद साहले बोकेको झोलाबाट चाँदीको गहना बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

रक्सौल नाकाबाट पैदल नै वीरगन्जतर्फ आउँदै गरेको साहलाई रजतजयन्ती चोकमा रोकेर चेक जाँच गर्दा ५ किलो ३ सय ३४ ग्राम तौल बराबरको चाँदीका गहना बरामद भएपछि व्यापारिलाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

सप्तरी घर भई हाल चितवनको खैरेनि नगरपालिका वाड नं. २ मा श्रीया स्वलेर्सको नामले गहना पसल सञ्चालन गर्दै आएका साह भारतबाट गहना खरिद गरी लुकाइ छिपाई नेपाल भित्र्याउने र आफ्नो पसलमार्फत विक्री वितरण गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका कारोवारी साह र बरामद चाँदीका गहनालाई आवश्यक कार्यवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com