साउन ८,काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट हटेपछि आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन।
पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने दुस्प्रयास भैरहेको भन्दै त्यस्तो सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका थिए । उनले प्रधानमन्त्री देउवा र दाहालले राष्ट्रपतिमाथि महाभियोग लगाउनेबारे छलफल गरेको सूचना पाएको भन्दै बैठकमा त्यसबारेमा यस्तो टिप्पणी गरेका थिए ।

