काठमाण्डौ ९ साउन । नेपालमा रोजगार नपय पछी धन कमाउने आशमा मलेसिया पुगेका लाखौं नेपालीहरु आफ्नो बिदेशी भुमिमा ज्यान गुमाउछन। २४ जना नेपालीको शव आज स्वदेश ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइपुराइयो ।
नेपाल ल्याएका सवैको शव आज नै परिवारको जिम्मा लगाइएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शव नेपाल ल्याइएको हो । आज मलेसियामा नै दाहासंस्कार गरिएका ३ जना नेपालीको अस्तु समेत नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

