साउन ११,काठमाडौं ।चोरी पैठारी गरी ल्याएका सवारि साधन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर मैरी फाँटा नगरपालिका-५ ठेगाना भई काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने ३३ वर्षीय कृष्ण बहादुर रोकाय रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भारतबाट सवारी साधन चोरी गरी ल्याई विक्री भईरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट प्रदेश ३-००२३-७६२६ नम्बरको १ थान कार, बाग्मती प्रदेश ०२९६२ प १८ र बाग्मती प्रदेश ०२-१९ प ७२३७ नम्बरका २ वटा रोयल इन्फिल्ड मोटरसाइकल र बाग्मती प्रदेश ०२-१९ प ७५३७ नम्बरको १ थान केटिएम आरटी मोटरसाइकल गरी जम्मा ४ थान सवारी साधन प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

