सबैलाई पठाउनु होला

साउन १२,कैलाली । कैलाली, गौरीगंगा नगरपालिका-८ गिदनियाबाट करिब ६ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित गौरीगंगा नगरपालिका-११ शिवपुर बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्यूरो धनगढीबाट खटिएको प्रहरीले पैदलयात्री धामीलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलाबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध गोदावरी नगरपालिका-६ बस्ने ३५ वर्षीय धन बहादुर धामीको भन्ने खुल्न आएपश्चात उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । साथै धनबहादुरको साथबाट नगद १ लाख २० हजार रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com