साउन १७,बाँके । बाँके जिल्ला कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट १ जनाको ज्यान गएको छ ।
कोहलपुर नगरपालिका ९ को बाबानगरमा लायन्स क्लब अफ नेपालगञ्जको भे. १ च ५८६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजि ४५ वर्ष वर्षिय पुरुषको मृत्यु भएको छ ।
मृतकको पहिचान भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकले न्यू बागेश्वरी एकेडेमी कलेज लेखिएको यूनिफर्म लगाएको प्रहरीले जनाएको छ ।

