साउन १७ ,काठमाडौं । माओवादी केन्द्रको आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठक सकिएको छ। स्रोतका अनुसार बैठकले केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ । साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको हो ।
बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्रोतका अनुसार आजको बैठकमा मन्त्रीको नाम टुंगो लगाउने बारे छलफल भए पनि नाम टुंगो लगाउन भने सकेन।माओबादीबाट नारायणकाजी श्रेष्ठ, सुदन किराँती, देवेन्द्र पौडेललगायत नेताहरु मन्त्री बन्ने पक्का छ।

