सबैलाई पठाउनु होला

साउन २०,कास्की। पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलिबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । २०७८ वैशाख २६ गते राति उक्त मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई चोरी गरेको उक्त मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com