साउन २०,भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सूर्यबिनायक नगरपालिका-४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा बा.५ ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर टिप्परका सहचालक महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय बिशाल तामाङको मंगलबार राति मृत्यु भएको हो ।
उक्त डिपोमा टिप्परका बुम उठाई ढाला खोल्ने क्रममा तामाङलाई करेन्ट लागेर गम्भीर घाइते भएका हुन ।तामाङको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

