सबैलाई पठाउनु होला

साउन २४। चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको गत साउन ७ मा हत्या भयो । भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका उनलाई सैनिक जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गुरुङ महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । सोही पल्टनका जवान गंगाधर ढकाल बिदा लिएर उनीसँगै चितवन गएका थिए । चितवनका एसपी ओम अधिकारीका अनुसार हत्यामा नेपाली साउन २४। सेनासँग रहेको स्वचालित सट मेशिन गन एसएमजी प्रयोग गरिएको थियो । सैनिक जवान ढकालले सो हतियार २ वर्षअघि सैनिक ब्यारेकबाट चोरेको अनुसन्धानबाट खुलेको हो ।

हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । मृतक गुरुङ चाहिँ धादिङको निलकण्ठ नगरपालिकाका स्थानीय हुन् ।सेनाको आन्तरिक अनुसन्धान र प्रहरीको अनुसन्धानबाट पनि हत्यामा प्रयोग गरिएको एसएमजी चितवन स्थित कालीबहादुर गणबाट चोरिएको हतियार पुष्टि भएको छ । नेपाली सेना र प्रहरीले त्यसबारे औपचारिक जानकारी दिन चाहेको छैन । कालिबहादुर गणबाट २ वर्षअघि हतियार चोरी भएको थियो । हतियार चोरेको आरोपमा दुईजना सैनिक जेलमा छन् । तर, पछिल्लो अनुसन्धानबाट गंगाधर ढकालले अङ्कुसेले तानेर हतियार चोरेको पुष्टि भएपछि सैनिक अदालतको आदेशले थुनामा गएका दुईजना सैनिक ‘निर्दोष त हैनन् ’ भन्ने प्रश्न पनि उठेको छ ।

सबुज गणबाट ढकाल चितवनको कालीबहादुर गणमा सरुवा भएका थिए । त्यहाँ हतियार चोरेर उनले दुई वर्षसम्म लुकाउन सफल भए । कालीबहादुर गणबाट उनी महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा सरुवा भएका हुन् ।

प्रहरीले पक्राउ गर्दा ढकालको साथमा एसएमजी फेला परेपछि हतियारबारे नेपाली सेनाले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ ।
‘हामीपनि आन्तरिक अनुसन्धान गरिरहेका छौ’ सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीसँग भने, ‘हतियार कसरी त्यहाँ चितवन पुग्यो भनेर हामी आन्तरिक तर्फबाट जवाफ खोजिरहेका छौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com