सबैलाई पठाउनु होला

साउन २५। सोमबार बिहान बलेरो पिकअप गाडी नुनथर नजिकै नहरमा दुर्घटना भएको छ। दुर्घटनामा एक जना तीर्थालुको ज्यान भएको छ। केही घाइते भएका छन्।बाराको गढीमाई नगरपालिकाकी ४५ वर्षीया मिनादेवी कोइरीको ज्यान गएको हो। बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा दुर्घटना भएको हो।

बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नं को बलोरो पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित दुर्घटना भएको हो। सो गाडीमा सवार ५ जना घाइते भइ चन्द्रपुरमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com