सबैलाई पठाउनु होला

साउन २५,काठमाडौ ।प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन्।

‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्ने नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन्।

‘कसैलाई पछाडि नछाडौँस् आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले अगस्ट ९ का दिन २७ औँ विश्व आदिवासी दिवस मनाइरहेका छन्।नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सो अनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com