सबैलाई पठाउनु होला

साउन २६,काठमाडौँ ।  काठमाडौंको मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुका साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com