सबैलाई पठाउनु होला

गुनासो चौतारी। प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीमा नेकपा एमालेको नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका छन् । नयाँ वर्ष २०७८ देखि एमालेको कार्यालय रहने बताईएको उक्त घर पार्टी कार्यालयका रुपमा उद्घाटन हुँदा नहुदै बिवादमा परेको छ । उक्त घरका मालिक नवनियुक्त एमाले कार्यकर्ता राजेश कुमार अग्रवालले नेपाल विद्युत प्राधिकरणको दुई अर्ब पचास करोड वक्यौता नतिरेको भन्दै उक्त घर बिवादमा आएको हो ।

सत्ताको एकल नेतृत्व गरिरहेको पार्टीले आफ्नो कार्यालय यस्तो बिवादित घरमा राख्न लागेकोमा सर्वत्र आलोचना सुरु भएको छ । यस सम्बन्धमा आम नागरिकले यो बिषयमा प्रश्न उठायका छन । पर्टीलाई सहयोग गरे जस्तो सुकै अपराधा लुकाइदिन्छन । (ओलि एमाले) नयाँ पार्टि कार्यलय दिने घरबेटीले २ अर्व ५० करोड विधुत प्राधिकरणको बक्यौता तिर्न बाकिँ भन्ने समाचार गाइगुइ हल्ला छ । फेरि माफियाकै हातले यो पार्टी चल्ने समाचार असत्य साबित होस् ।

त्यसो त अन्य सर्वसाधारणहरुले पनि यस्तो चर्चाकाबीच चर्को आलोचना गर्न थालेका छन् । यस्तो चर्चा र आलोचना हुन थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग प्रतिक्रिया माग्दा व्यक्तिको नाममा त्यति धेरै रकम वक्यौता हुन नसक्ने बताए । ‘उहाँहरु जोडिएको कम्पनीको नाममा होला तर व्यक्तिको नाममा यति धेरै वक्यौता भएको भए हामी लाइन काटि सक्थ्यौं ।’- शाक्यले भने ।

अग्रवाल एक्लैको नाममा नभएता पनि उनी सञ्चालक रहेको कम्पनीहरुले यति ठूलो रकम तिर्न बाँकी रहेको कार्यकारी निर्देशक शाक्यको स्विकारोक्ति रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com