सबैलाई पठाउनु होला

भदौ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको राजनीतिक दल सम्बन्धी दोस्रो संसोधन अध्‍यादेशप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरे लगत्तै सरकारले, राजनीतिक दलहरुको विभाजनलाई बढावा दिने गरि राजनीतिक दल सम्बन्धी दोस्रो संसोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरे पश्चात राष्ट्रपतिबाट यस सम्बन्धी अध्यादेश जारी भएकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तै समाजले शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीको जस्तै गल्ती दोहोर्‍याउदै गरेको लोकतन्त्रको मर्म विरोधि काम गरेको भन्‍दैं भत्सना गरेको छ ।

‘२०७७ वैशाखमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याइ गल्ति गर्दा शान्ति समाजले गत वर्ष पनि त्यस्तो अध्यादेशलाई लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको संज्ञा दिँदै निन्दा एवं भर्त्सना गरेको थियो भने अहिले शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले पनि सोही गल्ती दोहोर्याउदै गरेको लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको शान्ति समाज निन्दा एवं भत्र्सना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com