सबैलाई पठाउनु होला

 भदौ ९,  गोरखा।     नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीले पार्टीको गण्डकी प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष तोकेको छ। स्थायी कमिटीले मंगलबार गण्डकी प्रदेश कमिटीको इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई दिएको छ। सहइञ्चार्जमा यशोदा गुरुङलाई तोकेको छ।

त्यस्तै पार्टीको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा हरि अधिकारीलाई तोकेको छ। साथै गण्डकी प्रदेश सम्पर्क समितिको इञ्चार्जमा चुडामणि खड्का तोकिएका छन्।

गण्डकी प्रदेशका ११ वटा जिल्लामध्य प्रदेश इञ्चार्ज, प्रदेश अध्यक्ष तथा प्रदेशका सम्पर्क समितिका इञ्चार्ज गोरखाले नै पाएको छ। पार्टीको प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष एमालेसित एकीकरण हुनु अघिकै संरचनालाई यथावत गरेको अध्यक्ष अधिकारीले जानकारी दिए।

‘जिल्ला कमिटीका इञ्चार्ज तथा अध्यक्षहरु पनि एकीकरण हुनु अघिकैलाई यथावत गरिएको छ’, अध्यक्ष अधिकारीले भने, ‘जिल्ला सम्मेलनको मिति तोकिसकिएको छ। अब हाम्रो ध्यान जिल्ला सम्मेलन गर्नेतिर छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com