सबैलाई पठाउनु होला

काठमाडौँ । नेपालमा रोजगारको राम्रो अवसर नभए पछी यूबाहरु विदेश पलाएन हुन बाध्य हुन्छन । यसै शिलसिलामा यति खेर कतार पुलिस आक्रसकको केंच्द्र भनेको छ ।  कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको नियम छ  ।  तर मेनपावर ब्यबसायी मनपरी रुपमा पैसा उठाएका छन् ।  प्रहरीमा छनोट भएका २ सय उम्मेदवारसँग प्रतिव्यक्ति कम्तीमा ८  लाख देखि १२ लाख सम्म  उठाएको छ भन्ने खबर छ । भर्ना गर्ने जिम्मेवारी पाएकोअल तौकत ओभरसिजको श्रम इजाजत नम्बर २७९ रहेको छ ।

अल तौकतले सोमबार औपचारिकता पूरा गर्न मात्रै अन्तिम अन्तर्वार्ता लिएको छ। पहिला नै तय भएका उम्मेदवारलाई मात्रै अन्तर्वार्तामा सहभागी गराइएको थियो। ‘मैले ७ लाख रुपैयाँ बुझाएको हुँ। एकदमै विश्वासिलो एजेन्टबाट आएका व्यक्ति मात्रै छनोट भएका छन्,’ एक उम्मेदवारले हामि सँग भने, ‘सबैजना पहिला नै छनोट भइसकेका छन्। हामी सरकारी प्रक्रियाका लागि मात्रै पर्खेर बसेका हौं।’

उनीहरूले सिधै म्यानपावरको खातामा भने पैसा जम्मा गरेका छैनन्। व्यक्तिका नाममा आईएमईमार्फत पैसा जम्मा गर्न लगाइएको छ। ‘एजेन्टले समूह–समूह बनाएको छ। समूहलाई तोकिएको आईएमईको काउन्टरमा बोलाएर नगद दियौं। रसिद पाएका छौं,’ अर्का एक उम्मेदवारले भने, ‘फाइनल अन्तर्वार्ताअघि ७ लाख बुझाएका छौं। भिसा आएपछि थप ३ लाख रुपैयाँ दिनुपर्ने सर्त छ।’

सरकारले भदौ ८ गते कतार र नेपालबीच २००५ मै भएको श्रम सम्झौताअनुसार कतार प्रहरीमा म्यानपावर कम्पनीमार्फत भर्ना प्रक्रिया थाल्ने निर्णय लिएपछि ६ महिनादेखि दोहास्थित नेपाली दूतावासमा रोकिएको मागपत्र प्रमाणीकरण भएको थियो। कतारको आन्तरिक मन्त्रालयद्वारा पेस गरिएको मागपत्रमा प्रहरीमा छनोट हुने युवाले टिकट, भिसा र म्यानपावर कम्पनीलाई कुनै पनि सेवा शुल्क बुझाउनु नपर्ने उल्लेख छ। त्यसअनुसार नै अन्तर्वार्ता लिन वैदेशिक रोजगार कार्यालयले म्यानपावरलाई अनुमति दिएको थियो।

‘पत्रिकामा भदौ २१ गते अन्तर्वार्ता भनेर छापिएको थियो। त्यही हेरेर आज (सोमबार) १० बजे म्यानपावर कार्यालयमा पुगेको थिएँ। गेटमा ४/५ जना बाउन्सर राखेको रहेछ,’ रसुवाबाट आएका हेमन्त तामाङले भने, ‘जोसँग पहिला नै म्यानपावरबाट पाएको अनुमतिपत्र छ, त्यसलाई मात्रै भित्र छिर्न दिइयो। हामीलाई गेटबाट नै फर्काइदियो। सीमित व्यक्ति छिर्न पाए।’यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com