सबैलाई पठाउनु होला

काठमाडौँ — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठकमा पार्टीको १४ औँ महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने जनाइएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको ७२ दिनपछि बुधबार बल्ल एक जना मन्त्री थप्दै छन् । मंगलबार बेलुकी बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्रमन्त्री नियुक्त गर्ने र उक्त मन्त्रालय कांग्रेसले पाउने गरी सहमति जुटाएको थियो । स्रोतका अनुसार परराष्ट्रमन्त्रीमा प्रधानमन्त्री देउवाले आफ्नै विश्वासपात्र नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । देउवाले मन्त्री छान्ने र गठबन्धन तथा पार्टीभित्रको भागबन्डाका विषयमा समेत छलफल गर्ने गरी बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com