सबैलाई पठाउनु होला

काठमाडौं । चाडबाड नाच्जिकिदै गर्दा मिनी क्यासिनो संचालन गरि जुवा खेल्नेहरु बढेको छ । प्रहरीले काठमाडौंमा झण्डै १९ लाख रुपियाँसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार राति साढे १२ बजे कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेवस्थित कमल दाहालको घरबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

 

महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवाडेहरूसँग १८ लाख ७५ हजार ५ सय रुपियाँ बरामद गरेको जनाएको छ । प्रहरीले खेल्दै गरेको अबस्थामा  सात बुक तास पनि बरामद गरेको छ ।

उता, काठमाडौंको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । पक्राउ परेका जुवाडेसँग रहेको २५ हजार ५ सय ५ रुपियाँ र तास प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com