सबैलाई पठाउनु होला

काठमाडौं । बर्षको एक चोटि आउने नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै काठमाडौं उपत्यकाबाट आफ्नो गृह जिल्ला जानेहरुका लागि सोमबारबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।

दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेको देख्न सकिन्छ । टिकट लिन बसपार्क पुगेका यात्रुहरूलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको छ ।

यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com