सबैलाई पठाउनु होला

गुनासो चौतारी :नेपालमै चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै नेपाल प्रहरीको अधिकारीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले आज उक्त प्रकरणमा फैसला सुनाउँदै तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती (गोरे)सहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश भरत लम्सालको फैसलाअनुसार सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु सञ्जयबहादुर राउत र प्रजित केसीले सफाइ पाएका छन् । यस्तै सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यले पनि सफाइ पाएका छन् ।
यस्तै गोरेकी श्रीमती निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन् । जन्मकैद पाउनेमा भने गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com