गुनासो चौतारी : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।
नेपाली कांग्रेस पार्टी कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिएका थिए ।
काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई आज सम्बोधन गर्ने क्रममा सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका हुन् । १४ औं महाधिवेशनबाट राम्रो ब्यक्ती र सक्षम ब्यक्तीलाई सभापति रोज्नु पर्ने समेत बताउनु भयो ।
पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने समेत उल्लेख गरे । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँनु भयो |

