कार्तिक १ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सोमबार प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थाको जानकारी लिन थापाथैली स्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले जानकारी दिए । महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखापरेपछी आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए । बिगत देखि दम रोगबाट पीडित उनलाई समस्या दोहोरिएको बताइएको छ ।

