गुनासो चौतारी कार्तिक २ गते मंगलवार :नेपालको प्रायजसो सबै ठाउमा आइतबारदेखि लगातार आयको वर्षाले महाकाली नदीमा पानीले खतराको सतह नाघेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।
मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ ह्जार क्युसेक पुगेको डीएसपी न्यौपानेले बताए ।
नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।
महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै डीएसपी न्यौपानेले तथ्यांक संकलन तथा उद्दारको काम भइरहेको जानकारी दिए ।

