कार्तिक २ गते मंगलवार : आइतबार देखि आयको निरन्तर वर्षाको कारण कर्णाली प्रदेशका विभिन्न ठाउँको जनजीवन नराम्रो सग प्रभावित भएको छ ।वर्षाका कारण राजमार्गको ठाउँ ठाउँमा पहिरोगई बाटो अवरुद्ध हुनुका साथै कालिकोटमा घर भत्किएर एक जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठको अनुसार कालिकोटको महावै गाउँपालिका–७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर भत्किएको छ । मंगलबार बिहान ५ः ३० बजेको समयमा पहिरो खसेर घर भत्किँदा उनको १८ वर्षकी छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । उनकै ११ वर्षकी छोरी यूनिषा अधिकारीको दाहिने खुट्टा च्यापिएको अवस्थामा प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरिएको समेत श्रेष्ठले जानकारी दिए ।श्रेष्ठको उनका अनुसार राम्नी बस्तीका पहिरोको जोखिममा रहेका झण्डै २ सय बढी नागरिकलाई राम्नी मावि र त्यहाँको स्वास्थ्य चौकीमा सारिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र नेपाल रेडक्रसले विस्थापित नागरिकका लागि खाद्यान्न लगायत आवश्यक राहत सामग्री लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

