सबैलाई पठाउनु होला

कार्तिक १० गते : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।आजको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने बताइन्।विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन ।

मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो उनले भनिन्,।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौमा मुख्यमन्त्री बनेकी थिइन्। मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन्। उनले अल्पमतमै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन्।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूलाई सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएकी छन्।प्रदेश सभामा बोल्दै प्रदेशको विकास गर्ने हो भने सबै दल हरु मिलेर अगाडि बढ्नुपर्ने समेत बताउनु भयो ।अब बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे भावी मुख्यमन्त्रीका रूपमा अघि बढेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com